आज कुन विदेशी मुद्राको विनियमदर कति? हेर्नुहोस् सूची

 संवाददाता    २०८१, १३ माघ आईतवार ०७:२५     100 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर हिजोकै यथावत छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा छ।

हिजो पनि अमेरिकी डलरको कारोबार यहीदरमा भएको थियो।

यहि माघ २ गते अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९९ पैसा छ।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा छ।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९५ र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा छ।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ८० र बिक्रीदर चार सय ४८ रुपैयाँ ७५ पैसा छ।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपैयाँ ७२ पैसा छ।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची