बढ्यो सुन चाँदीको मूल्य

 संवाददाता    २०८१, ८ माघ मंगलवार १३:०९     75 जनाले पढ़िसके



Spread the love

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढे सँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार १ सयले बढेको हो।

सोमबार प्रतितोला १ लाख ५७ हजारमा खरिद बिक्री भएको सुन आज १ लाख ५८ हजार १ सयमा किन बेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी प्रतितोला १५ ले बढेको छ । सोमबार प्रतितोला १ हजार ८ सय ६० मा खरिद बिक्री भएकामा आज १ हजार ८ सय ७५ मा किनबेच भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २४ दशमलव ५६ अमेरिकी डलर बढेर २ हजार ७ सय २७ दशमलव ७६ अमेरिकी डलर कायम भएको छ ।
रासस