मेयर हर्क साम्पाङ थोत्रो गाग्री बोकेर काठमाडौँमा

 संवाददाता    २०८१, ७ माघ सोमबार १६:०२     61 जनाले पढ़िसके



Spread the love

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानी समस्या समाधानको माग गर्दै थोत्रो गाग्री बोकेर काठमाडौँ पुगेका छन्। सोमबार दिउँसो काठमाडौँ आइपुगेका साम्पाङले धरानको दीर्घकालीन खानेपानी व्यवस्थाका लागि सरकारलाई दबाब दिन आन्दोलनको तयारी गरेको बताएका छन्। काठमाडौँ जानुअघि उनले फेसबुकमा लेखेका थिए, “आन्दोलन थोत्रे गाग्री, आज काठमाडौँ जाँदै छु। जनतालाई दीर्घकालीन खानेपानी व्यवस्था गर्न सक्नुपर्छ सरकारमा!”