माध्यमिक तहको ३६८ शिक्षकका लागि खुल्यो जागिर

 संवाददाता    २०८१, २८ पुष आईतवार १०:४२     46 जनाले पढ़िसके



Spread the love

शिक्षक सेवा आयोगले ठूलो संख्यामा माध्यमिक तहका लागि शिक्षक माग गरेको छ।

आज (आइतबार) सूचना जारी गर्दै आयोगले तीनसय ६८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको हो।

एक महिने म्याद राखेर विभिन्न विषयको माध्यमिक तह, तृतिय श्रेणीका शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त खुला गरिएको आयोगले जनाएको छ। तोकिएको न्यूनतम गोग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाईन प्रणालीबाट दरखास्त दिनसकिने विज्ञापनमा उल्लेख छ।

हेर्नुहोस् विज्ञापन