सुन चाँदीको मूल्यमा वृद्धि

 संवाददाता    २०८१, २६ पुष शुक्रबार ११:२८     46 जनाले पढ़िसके



Spread the love

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भए सँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

बिहीबारको तुलनामा आज (शुक्रबार) प्रतितोला सुनमा ८ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि ५ रुपैँयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला सुन १ लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।
रासस