त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

 संवाददाता    २०८१, २५ पुष बिहीबार १३:२६     56 जनाले पढ़िसके



Spread the love

काठमाडौँ, २५ पुसः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई जनालाई सुनसहित पक्राउ गरेको छ । विमानस्थलको आगमन गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको सुनसहित प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट करिब १४९.११ ग्राम सुन फेला पारेको छ । पक्राउ पर्नेहरूमा झापा कनकाई नगरपालिका-११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएकी पुष्पालाई ६७.५१ ग्राम र फुर्पालाई ८१.६० ग्राम सुनसहित फेला पारी प्रहरीले पक्राउ गरेको जानकारी दिइएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।