कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?

 संवाददाता    २०८१, २५ पुष बिहीबार ११:३४     70 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्य बढेको छ। हिजो प्रतितोला पाँचसय रुपैयाँ बढेको सुनको मूल्य आज आठसय रुपैयाँ बढेको हो।

आज सुन तोलाको एक लाख ५३ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एकलाख ५२ हजार पाँचसय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ४० रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ३० रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।