नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने

 संवाददाता    २०८१, १६ पुष मंगलवार १६:००     108 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो नेटवर्क प्रयोग गरेर भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा (करबाहेक) लाग्ने जनाएको छ । विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरिएको विभिन्न विकल्पहरु मध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको टेलिकमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार पुस १५ गते राति १२ बजेदेखि एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु। ३.७६ कायम गरिएको प्रवक्ता हरि ढकालले जानकारी दिए ।यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको पनि उनले बताए ।