पोखरा,११ पुष मंसीर २०८१।
सिन्धुलाल्चोकस्थित चौतारा कारागारबाट भागेका एक जना कैदी ९२ लाख रुपियाँ नगदसहित पक्राउ परेका छन ।
नौ वर्ष अघि मानव बेचबिखन सम्बन्धि मुद्दामा बन्दी जीवन बिताइरहेका बेला २०७२ सालको महाभूकम्पकाराण सिन्धुलाल्चोकस्थित चौतारा कारागार भत्किए पछि रबि धमाला जेलबाट भागेका थिए। तर धमला मंगलबार अन्य दुई जना ९२ लाख रुपियाँ नगदसहित काठमाण्डौको जोरपाटीबाट पक्राउ परेका बताइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ९२ लाख नगदसहित पक्राउ परेका तीन मध्येका एक धमला नै मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ।
अपराध अनुसन्धान कार्यालयको डीएसपी अनिल घिमिरेको कमान्डमा खटिएको टोलीले ९२ लाख रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका धमलासँगै रसुवा घर भएका जीतबहादुर तामाङ र सङ्खुवासभा घर भएका सन्तोष खाती छन् ।
तामाङ र धमलाको साथबाट ७७ लाख र खातीबाट १५ लाख गरी प्रहरीले ९२ लाख रुपैयाँ बरामद गरेको थियो । उनीहरू काठमाडौंको लोलाङ र जोरपाटीबाट पक्राउ परेका हुन् । यो समूह तस्करीको सुन कारोबार गर्ने गरेको प्रहरीले आशंका गरेको छ ।
पक्राउ परेका मध्ये धमलाको जोरपाटी र रसुवामा सुन पसल रहेको समेत खुलेको छ ।