बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

 संवाददाता    २०८१, ११ पुष बिहीबार ११:१५     120 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलाको एक लाख ४९ हजार ७ सय रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । आज चाँदीको मूल्य हिजोजस्तै तोलाको एक हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।