सासुको हत्या आरोपमा एक युवक पक्राउ

 संवाददाता    २०८१, ८ पुष सोमबार १४:४१     52 जनाले पढ़िसके



Spread the love

सासुको हत्या आरोपमा काभ्रे प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मण्डनदेउपुर नगरपालिका १ गैरीगाउँ घिसिङ टोल निवासी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ (छोरीका पति) २८ वर्षीय सुकबहादुर तामाङ पक्राउ परेका हुन्।

गएको मंसिर ३० गते तिनमाया आफ्नै घरको मझेरीमा मृत फेला परेकी थिइन्।

प्रारम्भिक अनुसन्धानको क्रममा तिनमायाको हत्या आफ्नै ज्वाइँले गरेको देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए।

पक्राउ परेका सुकबहादुर काभ्रेकै मन्डनदेउपुर २ निवासी हुन्।

सासुले आफूलाई काम नगर्ने बेकामे भनेर सधैँ गाली गर्ने गरेकाले मुक्का प्रहार गरेर, घरको खाँबोमा टाउको ठोक्काएर हत्या गरेको बयान उनले प्रहरीलाई दिएका छन्।

सुकबहादुरलाई पक्राउपछि काभ्रे जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।