भक्तपुरको बालकोटमा बाबु-छोराको शव फेला

 संवाददाता    २०८१, ८ पुष सोमबार १२:५४     67 जनाले पढ़िसके



Spread the love

भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु-छोराको शव फेला परेको छ।

खोटाङ घर भएका बुबा-छोराको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई सूर्यविनायक नगरपालिका-२ बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन्।

बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै साेमबार बिहान उनीहरुको शव फेला परेको हो।

मृतक दुवैकाे शरीरमा चोट देखिएको छ। अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए। उनीहरुसँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा भने सम्पर्कबिहीन छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।