आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

 संवाददाता    २०८१, ८ पुष सोमबार १२:१८     85 जनाले पढ़िसके



Spread the love

आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा दुईसय रुपैयाँ बढेको हो।

गतसाता सुनको मूल्य लगातार घटेको थियो। हिजो सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढेको थियो।

आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एक लाख ४९ हजार ६ सय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ। हिजो एक हजार सातसय ९० रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार सातसय ९५ रुपैयाँ कायम भएको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।