विश्वकै सबैभन्दा धनी महिला बनिन् गायिका टेलर स्विफ्ट

 संवाददाता    २०८१, ३ पुष बुधबार १४:२५     101 जनाले पढ़िसके



Spread the love

एजेन्सी । गीतको माध्यमबाट बिश्वमा सबैभन्दा धेरै कमाउने गायिकामा अमेरिकाकी टेलर स्विफ्ट परेकी छिन् ।

फोर्ब्स म्यागेजिनका अनुसार स्विफ्टसँग १ अर्ब ६० करोड अमेरिकी डलर बराबर सम्पत्ति छ । उनको यो कमाई गीत संगीतबाट भएको हो । ३४ वर्षीया स्विफ्ट अमेरिकाको पेन्सिल्भेनियाकी बासिन्दा हुन् । उनले सानैमा म्युजिक स्टार बन्ने सपना देखेकी थिइन् । उनले ती सपनाहरु पूरा गरेकी छिन् । संसारको ठूलो पप स्टारको रूपमा परिचित स्विफ्टले अमेरिकाको एरिजोनाबाट २०२३ मार्च १७ देखि २१ महिनासम्म ‘ इरास टुर ’ सांगितिक कार्यक्रम शुरु गरेकी थिइन् ।

६ महादेशका बिभिन्न २१ वटा देशबाट १ करोड १ लाख ६८ हजार ८ जना टुरमा सहभागी भएका थिए । जसबाट उनले रोयल्टी र भ्रमणबाट निकै पैसा कमाइन र सन् २०२४ को सबैभन्दा धनी महिला गायिका बन्न सफल भइन् । उनको संगीत सूची संसारमा सबैभन्दा महँगो मानिन्छ ।