पेट्रोल छर्किएर घाइते बनाइएका कास्की जिल्लाको मादी गाउपालिका वडा नम्बर ५ का दुर्गाबहादुर गुरुङको निधन भएको छ। उनको उपचारका क्रममा काठमाण्डौको किर्तिपुर बर्न अस्पतालमा सोमबार मृत्यु भएको हो।
गुरुङलाई बिहिबार राती करीब ११ बजेको समयमा आफ्नै घरको शौचालय जाँदै गर्दा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१२ स्थायी घर भई हाल जिल्ला पोखरा महानगरपालिका वडा नम्बर १३ काँहुखोला बस्ने वर्ष ३१ को उमेश राईले पेट्रोल छर्किएर घाइते बनाई भागेका थिए। त्यति बेला गम्भीर घाइते भएका तत्काल उद्धार गरेर उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण ल्याइएकोमा त्यहाँ उपचार हुन नसके पछि थप उपचारका लागि किर्तिपुर बर्न अस्पताल पुर्याइएको थियो। शरीरका ७५ प्रतिशत भाग जलेका ४८ वर्षीय गुरुङको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्गाबहादुर गुरुङलाई पेट्रोलले आक्रमण गरेर भागेका राईलाई मादी गाँउपालिका वडा नं. ५
सुनपदेँली स्थित पुरानो स्कुलमा लुकिछिपि बसेको अवस्थामा शिशुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।
अभियुक्त रईबिरुद्ध कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप भै अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।