बैंक लुटपाटमा संलग्न भारतीय लुटेरा घाइते अवस्थामा पक्राउ

 संवाददाता    २०८१, २ पुष मंगलवार ११:३३     42 जनाले पढ़िसके



Spread the love

२ पुस, जनकपुरधाम । नेपालमा बैंक लुटपाटमा संलग्न भइ फरार रहेका भारतीय नागरिक घाइते अवस्थामा सिरहामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेन रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनी घाइते अवस्थामा भारतबाट नेपालतर्फ भागेर आइरहेको अवस्थामा सिरहाको सिरहा नगरपालिका १७ माडरस्थित नेपाल–भारत दसगजा क्षेत्र नजिकबाट पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा डिएसपी पासवानको कमाण्डमा खटेको प्रहरी टोलीले आरिफलाई हात, खुट्टा लगायत शरीरका बिभिन्न भागमा चोट लागेर घाइते भएको अवस्थामा मंसिर २९ गते बिहान नै नियन्त्रणमा लिएको थियो । उनको सिरहा प्रादेशिक अस्पतालमा उपचार पश्चात सोमबार थप अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चैया पठाइएको डिएसपी पासवानले बताए । त्यसपछि मात्रै प्रहरीले यो सूचना सार्वजनिक गरेको हो ।

डिएसपी पासवानका अनुसार आरिफ १६ जेठ २०८० मा दिउँसै महोत्तरीको महोत्तरी गाउँपालिका २ स्थित एनएमबि बैंकमा ४र५ जनाको हतियारधारी समूहले ३८ लाख रुपैयाँ लुटपाट गरेको घटनामा संलग्न भएको फरारी अभियुक्त रहेका छन् ।