सुनको मूल्यमा वृद्धि

 संवाददाता    २०८१, २ पुष मंगलवार ११:१८     47 जनाले पढ़िसके



Spread the love

सोमबार प्रतितोला चारसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलाको दुईसय रुपैयाँ बढेको छ।

आइतबार प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य हिजो र आज गरेर जम्मा ६ सय रुपैयाँ बढेको हो।

सुनको मूल्य आज प्रतितोला एक लाख ५१ हजार चारसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य एक लाख ५१ हजार दुईसय रुपैयाँ थियो।

चाँदीको मूल्य भने आज पनि स्थिर छ। चाँदी बिगत तीन दिनदेखि प्रतितोला एक हजार आठसय ४० रुपैयाँमा कारोबार हुँदै आएको छ।

गतसाता चार हजार पाँचसय रुपैयाँ बढेको सुनको भाउ गएको शुक्रबार र आइतबार गरेर चार हजार दुईसय रुपैयाँ घटेको थियो।

तीन साताअघि सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।