एजेन्सी । अमेरिकाको विस्कन्सिन राज्यको १ विद्यालयमा छात्राले गोली हानी ३ जनाको हत्या गरेकी छन् ।
मारिनेमा १ जना शिक्षक र २ जना छात्रा रहेका छन् । गोली लागेर ६ विद्यार्थी घाइते भएका छन् । जसमा ३ जनाको अवस्था गम्भिर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
निजी क्रिश्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हान्ने १७ वर्षिया किशोरी रहेकी छन् । उनले गोली चलाउनुको कारण खुलेको छैन । गोली चलाउने व्यक्ति सोही विद्यालयका छात्रा रहेको र उनी पनि मारिएको बताइएको छ ।
अमेरीकी प्रहरी घटनास्थलमा पुग्नु अघि नै उनको मृत्यु भएको बताइएको छ । प्रहरीले परिवारको सहयोगमा ती आक्रमणकारी युवती माथि अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।
आक्रमणकारी र घाइतेको पहिचान खुलाइएको छैन । घटना ञस्थलमा प्रहरीले एउटा ह्यान्डगन बरामद गरेका छन्