यू-१९ महिला एसिया कपमा नेपालले आज भारत सँग खेल्दै

 संवाददाता    २०८१, २ पुष मंगलवार १०:१८     42 जनाले पढ़िसके



Spread the love

काठमाडौं । उन्नाइस वर्ष मुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज (मंगलबार) भारत सँग खेल्दैछ ।

मलेसियाको बायुमास ओभलमा नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारत सँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुनेछ । यस अघि नेपालले सोमबार पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

यस्तै, आईतबार उदघाटन खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो । पाकिस्तानले लगातार २ खेल हारेर बाहिरिए सँगै नेपाल समूह चरणको अन्तिम खेल अघि नै ‘सुपर–४’ मा प्रवेश गरेको थियो ।

एशियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् । दुवै समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् ।

सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष दुई टोली बीच फाइनल हुने छ ।