घटेको सुनको मूल्यमा आज वृद्धि

 संवाददाता    २०८१, १ पुष सोमबार १२:१०     101 जनाले पढ़िसके



Spread the love

हिजो प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज केही बढेको छ।

सुनको मूल्य आज प्रतितोला चारसय रुपैयाँ बढेर एक लाख ५१ हजार दुईसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य हिजो प्रतितोला एक लाख ५० हजार आठसय रुपैयाँमा झरेको थियो।

चाँदीको मूल्य भने आज स्थिर छ। चाँदीको मूल्य आज पनि एक हजार आठसय ४० रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ।

गतसाता चार हजार पाँचसय रुपैयाँ बढेको सुनको भाउ आइतबार २२ सय र गएको शुक्रबार पनि सुन एक हजार दुईसय रुपैयाँ घटेको थियो।

तीन साताअघि सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।