घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

 संवाददाता    २०८१, ३० मंसिर आईतवार ११:२५     89 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा आज पनि सुन–चाँदीको भाउ घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार दुई सय रूपैयाँ र आइतबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ प्रतितोला तीन हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।