आज सुन–चाँदीको भाउ स्थिर

 संवाददाता    २०८१, २७ मंसिर बिहीबार ११:४३     113 जनाले पढ़िसके



Spread the love

बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

अघिल्लो दिन अर्थात् बुधबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

बुधबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।