तोलामा २ हजारले बढ्यो सुनको मूल्य

 संवाददाता    २०८१, २६ मंसिर बुधबार ११:१९     110 जनाले पढ़िसके



Spread the love

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढे सँगै स्थानीय बजारमा आज(बुधबार) प्रतितोला सुनमा २ हजारले वृद्धि भएको छ ।

मङ्गलबार प्रति तोला सुन १ लाख ५२ हजार २ सयमा कारोबार भएको थियो । प्रतितोला २ हजारले सुनको मूल्य बढे सँगै आज १ लाख ५४ हजार २ सयमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९ सय २५ मा कारोबार भइरहेको छ ।