६ अंकले घट्यो सेयर बजार

 संवाददाता    २०८१, २५ मंसिर मंगलवार १५:५०     104 जनाले पढ़िसके



Spread the love

सेयरबजारमा आज ४ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

नेपाल स्टक एक्सचेनजका अनुसार नेप्से ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा पुगेको दिन ८७ लाख ६८ हजार कित्ता मात्र बिक्री भएको हो।

योसँगै ८५ वटा सेयरको मूल्य बढे पनि १४८ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

आज बढेका सेयरको वृद्धिदर अधिकतम ७.६७ प्रतिशतसम्म मात्र छ भने ९.९० प्रतिशतसम्म गिरावट दर छ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको १८ करोडको सर्वाधिक कारोबार भएको छ।