प्रतितोला दुई हजार १०० रूपैयाँ बढ्यो सुनको भाउ

 संवाददाता    २०८१, २५ मंसिर मंगलवार १०:५८     138 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ।

सोमबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।सोमबार प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार

नौ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।