बहुप्रतिक्षित भारतीय फिल्म ‘पुष्पा २ द रुल’ ले बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ। भारतभर १७५.१ करोड भारतीय रुपैयाँ नेट कमाउँदै अल्लु अर्जुन स्टारर यो फिल्म सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म बनेको छ।
पहिलो दिनको बक्सअफिफ रिपोर्टअनुसार यस फिल्मले तेलुगु संस्करणमा ९५.१ करोड भारु कमाएको छ। त्यसैगरि, हिन्दीतर्फ ७७ करोड, तमिलमा ७ करोड, कन्नड १ करोड र मलयालमतर्फ ५ करोड भारु कमाएको छ।
यस फिल्मले एसएस राजामौलीको फिल्म ‘आरआरआर’ लाई उछिनेर भारतीय सिनेमाको लागि सबैभन्दा ठूलो ओपनर बनेको छ। ‘आरआरआर’ ले ओपनिङ डेमा १३३ करोड भारु कमाएको थियो।
सुकुमार निर्देशित यो फिल्मले यशराजको ‘केजीएफ २’ देखि प्रभासको ‘कल्कि २८९८ एडी’ र शाहरुख खानको ‘जवान’ लगायतको फिल्मलाई समेत पछि पारेको छ। विश्वभर पनि यस फिल्मले २५० करोड भारु बढीको आकंडा पार गरेको छ।
१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा द राइज’ निकै सफल भएको थियो। जसकारण पनि दोस्रो सिक्वेलमा दर्शकहरुको क्रेज व्यापक देखिएको छ।