कन्याममा ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालन हुँदै

 संवाददाता    २०८१, २० मंसिर बिहीबार १५:१४     72 जनाले पढ़िसके



Spread the love

सूर्योदय नगरपालिका ७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ। कोसी प्रदेश सरकार र नगरपालिकाको २३ करोड रूपैयाँ लगानीमा बनेको उक्त सेन्टर यही मङ्सिर २७ देखि सञ्चालनमा आउन लागेको हो।

नगरप्रमुख रणबहादुर राईले मङ्सिर २७ गते कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए। ‘उद्घाटनमा प्रदेशका अन्य मन्त्रीहरू पनि आउनुहुन्छ’, उनले भने, ‘यो मुलुकको पहिलो चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ।’

अहिले सेन्टरको भौतिक पूर्वाधार तयार भएको भन्दै आवश्यक उपकरणसमेत जडान भएका नगरप्रमुख राईले जानकारी दिए। उनका अनुसार केन्द्रमा चिया चाख्ने (टि टेस्टिङ)को काम हुनेछ भने चिया अनुसन्धानका लागि भौतिक पूर्वाधार तयार छ।