१३ पटक पक्राउ परेर छुटेका व्यक्ति श्रृङखलाबद्ध ल्यापटप चोरीमा पक्राउ

 संवाददाता    २०८१, १९ मंसिर बुधबार ११:११     57 जनाले पढ़िसके



Spread the love

चोरी लगायत विभिन्न अपराधमा १३ पटक पक्राउ परेर छुटेका व्यक्ति फेरि पक्राउ परेका छन् । सुनसनरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ घर भई काठमाडौंको भोटेवहाल बस्ने २५ वर्षिय विनोद रसाईलीलाई ललितपुर प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
ललितपुरमा विभिन्न कार्यालय तथा घरमा प्रवेश गरी ल्यापटप चोरी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । रसाईली यसअघि चोरी मुद्दामा ८ पटक र अभद्र व्यवहार मुद्दामा पाँच पटक पक्राउ परेर छुटेको ललितपुर परिसरका एसएसपी शेखर खनालले बताए । उनीसँग १० वटा ल्यापटप प्रहरीले बरामद गरेको छ । चोरीमा उनीसँगै संलग्न डडेल्धुरा बागेश्वरीका २९ वर्षिय भोगबहादुर थलाल पनि पक्राउ परेका छन् । भोजबहादुर पनि यसअघि चोरी मुद्दामा एक पटक पक्राउ परिसकेका अभियुक्त हुन् ।
चोरी मुद्दामा पक्राउ परेका आरोपीहरु अदालतबाट धरौटीमा छुट्ने र फेरि यस्तै अपराधमा लाग्ने प्रवृत्ति रहेको प्रहरीले जनाएको छ ।