सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

 संवाददाता    २०८१, १८ मंसिर मंगलवार ११:४०     81 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ ।