काठमाडौंमा सकियो रवि लामिछानेको बयान

 संवाददाता    २०८१, १७ मंसिर सोमबार १६:३०     80 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौंमा सकिएको छ ।

शुक्रबारदेखि शुरु भएको उनको बयान आज तेस्रो दिन सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

लामिछानेलाई भोलि पोखरा पठाइने र पोखराबाट फेरि अर्को बयानका निम्ति चितवन पठाइने भएको छ ।