एकैदिन प्रतितोला एक हजार ६०० रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

 संवाददाता    २०८१, १४ मंसिर शुक्रबार १२:२१     120 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ।

बिहीबार प्रतितोला तीन रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।