ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् ।
चालु आर्थिक वर्षको चार महिनामा एक हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गरेका छन् । २०५७ साल यता यहाँ यति धेरै पर्यटक आएका थिएनन् । आर्थिक वर्ष २०५६र५७ मा ७ सय ९९, आर्थिक वर्ष २०५७र५८ मा ८ सय ७३ जना विदेशी पर्यटक आएका थिए ।
विशेषगरी फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिका बाट पर्यटक आउने गरेका छन् । चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रका होटल र लज भरिएका स्थानीय होटल व्यवसायीले बताएका छन् । यो वर्ष होटलका आम्दानीमा ३० प्रतिशत भन्दा बढी वृद्धि भएको होटल व्यवसायी फुपुछोहाङ शेर्पा बताउछन् ।