हेटौंडामा अटोको ठक्करबाट १ जनाको मृत्यु

 संवाददाता    २०८१, १४ मंसिर शुक्रबार ११:४८     32 जनाले पढ़िसके



Spread the love

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजार स्थित कान्तिलोकपथमा आज(शुक्रबार) बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए

उनका अनुसार बिहान सवा ६ बजेको समयमा हेटौंडा बजार बाट चुच्चेखोला तर्फ जाँदै गरेको ना २ ह २६९२ नं.को अटोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता अर्यालले बताए ।

अटो र अटो चालक सोही ठाउँ बस्ने ३१ वर्षीय शङ्कर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए ।
रासस