रोपवेको ठांउमा वैकल्पिक यातायात प्रविधी पोडवे निर्माण गरौं, लगानीको समस्या छैन – एमाले प्रमुख सचेतक महेश बर्तौला

 पोडवे     १३ असार २०८१, बुधबार १९:०२     165 जनाले पढ़िसके



Spread the love

सागर पौडेल

एमालेका प्रमुख सचेतक महेश बर्तौला ले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै वि.सं. १९८२ मैनिर्माण भएको र त्यतिबेलाको भौगोलिक कठिनाईको समयमा सडक यातायातको सम्भावनानै नभएको समयमा आम काठमाडौंबासीको सामान ढुवानीको एकमात्र विकल्प रोपवे जो त्यस समयमा विश्वकै आधुनिक प्रविधि मानिन्थ्यो।

त्यो रोपवे आज जिर्ण र जर्जर अवस्थामा रहेको ठाउँ ठाउँमा त्यसका जिर्ण संरचना तार,पोल मानवीय हिसाब ले जोखिमपुर्ण अवस्थामा रहेको र त्यसले कुनै पनि बेला मानवीय क्षति गर्न सक्ने भएकोले त्यसलाई तत्काल संचालन गरौं हैन भने विकल्पको रुपमा हालै नेपालभर चर्चामा रहेको पोडवेलाई त्यसै राइट अफ वे मा निर्माण गरि संचालन गरौं भनी सम्बन्धीत मन्त्रालय र मंत्रीहरुको ध्यानाकर्षण गरेका छन।

उनले अगाडी भनेका छन। उनले पोडवेको निर्माण गर्न लगानीको कुनै समस्या पनि नरहेको बताए। उनले लगानीका लागि मकवानपुरका जनता सक्षम रहेको पनि बताए। उनले मकवानपुरकै जनताको लगानीले पोडवे बन्न सक्ने बताए।

यसै गरि संसदमा पोडवे निर्माण गर्नुपर्छ भनी बोल्ने संसद उनी मात्र हैनन यसको निर्माणका लागि संसदको समय लिएर यस अघि मेटमणी चौधरी,माओवादीका प्रमुख सचेतक हितराज पाण्डे लगायतले पनि यसको निर्माणमा आवाज उठाएका छन।

पोडवे निर्माणको साम्भाव्यता अध्ययन गर्न भन्दै यसपाली २०८१/८२ को संघिय बजेटमा भौतिक योजना मंत्रालयले, प्रदेशको बजेटमा कर्णाली प्रदेश सरकारले र स्थानीय निकायको बजेटमा पोखरा महानगरले समेत पोडवेको अध्ययन तथा निर्माण गर्ने घोषणा गरिसकेका छन। के हो त आम जनचासोको पोडवे हेर्नुहोस तल