सर्वोच्चले कैद मिनाह उल्ट्याइदिएपछि नेपालगन्ज न्युरोडबाट पक्राउ परे रिगल

 #अपराध सर्वोच्च अदालत     २०८०, १६ कार्तिक बिहीबार १७:०१     134 जनाले पढ़िसके



Spread the love

काठमाडौं– सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाह पाएका रिगल भनिने योगराज ढकाल नेपालगन्जको न्युरोडको फिल्म हल नजिकबाट पक्राउ परेका छन्। नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता कुबेर कडायतले बताए।

बिहीबार सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिबाट दिइएको कैद मिनाह बदर गर्दै पक्राउ गर्न आदेश दिएपछि रिगललाई बिहीबार नै पक्राउ गरिएको हो।

सर्वोच्चको आदेश अनुसार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। व्यक्ति हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद भोगिरहेका रिगललाई सरकारले ४० प्रतिशत कैद भुक्तान गरेको र चालचलन असल भएको भन्दै संविधान दिवसमा अवसरमा कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।