सर्लाहीको नाका हुंदै पुराना ब्याट्री भारत तस्करी, प्रहरी प्रशासनको समेत मिलेमतोको आशंका

 सर्लाही     २१ आश्विन २०८०, आईतवार १५:५९     84 जनाले पढ़िसके



Spread the love

सर्लाहीको नाका हुंदै देशभरबाट संकलन गरिएका पुराना ब्याट्री तस्करी भइ रहेको जानकारी प्राप्त भएको छ।

 दैनिक रुपमा त्यसरी संकलन गरिएका ब्याट्री सर्लाहीको मलंगवा नाका, बलरा नाका, कौडेना नाका हुँदै तस्करी भैरहेको छ।

त्यसरी तस्करी गर्नेहरुले ट्रकबाट नाकासम्म पुर्याउने त्यसपछी साइकल मार्फत प्रतिकिलो ६ रुपैयाँ लिइ नाका पार गराउने गरेको प्रतक्ष्यदर्शीले बताए।

हालसम्म त्यसरी सयौं ट्रक पुराना ब्याट्री भारत तस्करी भएको उनले बताए। यसरी ब्याट्री तस्करी गर्ने ट्रकको नम्बरसमेत प्राप्त भएको छ। ना ६ ख ३१४७, ना ६ ख ५९१४ र ना ६ ख २८५८ नम्बरका ट्रकले नियमित रुपमा बिना बिलबिजक खुलेआम ब्याट्री नाकासम्म पुर्याउने गरेको स्रोतले बतायो।  उनीहरुले नक्कली भिसिटिएस बिल बनाएर सामान ओसार पसार गर्ने गरेको स्रोतले बतायो।

यत्रो ३० देखि ४० लाख मुल्यपर्ने ब्याट्री बिना बिल बिजक खुलेआम काठमाडौं देखि नाका सम्म बिना सेटिङ्ग पुग्न नसक्ने स्रोतको दाबी छ। जनपथ र सशस्त्र प्रहरीकै मिलोमतोमा तस्करी भैरहेको स्रोतको दाबी छ। यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्तासंग सम्पर्क गर्दा हामीलाई कुनै किसिमको जानकारी नभएको र ट्रक नम्बर प्राप्त भए अनुसन्धान गर्ने जानकारी दिए।

यसरी नेपालमा पुन:उत्पादन गर्न सकिने ब्याट्री भारत तस्करी हुंदा सरकारको करोडौ राजश्व गुमेको छ । आर्थिक मन्दी व्याप्त भएको अहिलेको अवस्थामा लक्ष्य  अनुसार राजश्व असुली नभएर सकसमा रहेको देशको अर्थतन्त्र यस्ता माफियाले प्रहरी प्रशासनको मिलेमतोमा आफ्नो मुट्ठीमा कब्जा गरि देशलाई बर्बाद गरिराखेका छन।

 दैनिक रुपमा यसरी तस्करी गर्ने गिरोहले मलंगवा भन्सारका अधिकारीहरु समेत मिलाएको स्रोतको दाबी छ। तस्करहरुले ट्रक चालकहरुलाई समेत आफ्नो लाइन माथी देखि तल सम्म रहेको र डराउनु नपर्ने भन्ने गरेका छन। फोटो : सांकेतिक