अनलाइन जुवामा संलग्न भएको आरोपमा ‘बल्छी’ र ‘राजु मास्टर’ सहित ८ पक्राउ

 संवाददाता    २०८०, ३२ जेष्ठ बिहीबार १३:४३     120 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा ‘राजु मास्टर’(राजु पौडेल) पनि पक्राउ परेको खुलेको छ । काठमाडौँ अपराध अनुसन्धान कार्यालयलेको टोलीले ‘बल्छी ध्रुवे’ भनिने मरिमान श्रेष्ठसँगै राजु पौडेललाई पनि पक्राउ गरेको खुलेकाे हाे । पक्राउ परेका अन्य ६ जनाको नाम खुल्न सकेको छैन ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीका अनुसार उनीहरुलार्य काठमाडौँको स्वयम्भुलगायत ठाउँबाट पक्राउ गरिएको हो ।

प्रहरीले बुधबार यही प्रकरणमा ५ जनालाई पक्राउ गरेको थियो । विश्वका विभिन्न ठाउँमा हुने खेलको अड्कलबाजी गर्ने गरी जुवा खेल्न उक्त एक्स वान बेट अनलाइनको प्रयोग हुँदै आएको छ । यस्तो जुवा नेपालमा अवैध हो ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँमा पठाइएको छ ।