नक्कली भुटानी शरणार्थी प्रकरणः आजदेखि प्रतिवादीहरूको अदालतमा बयान हुने

 नक्कली भुटानी शरणार्थी काण्ड     २०८०, १२ जेष्ठ शुक्रबार ०९:१९     133 जनाले पढ़िसके



Spread the love

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएकाहरुको आजदेखि अदालतमा बयान सुरु हुने भएको छ। बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध पाँच अभियोगमा जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा १६ पक्राउ परेका छन् । १४ फरार छन् ।

सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ परेका छन्।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको बयान थुनछेक बहस सकिन करिब दुई साता लाग्नेछ। आज गोला प्रणालीबाट थुनछेक प्रयोजनका लागि पेसी तोकिने जनाइएको छ।