समाजसेवी संजित पौडेलद्दारा ब्रम्हस्थान प्रा.वि.लाई एकथान कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण

 संवाददाता    २०८०, २९ बैशाख शुक्रबार १०:४४     445 जनाले पढ़िसके



Spread the love

समाजसेवी तथा हरिवन दनुवारी निवासी सन्जित पौडेलले आज एक समारोहका विच आफू पढेको दनुवारी स्थित ब्रम्हस्थान प्राथमिक विद्यालयलाई एक थान कम्प्युटर र प्रिन्टर प्रदान गरेका छन।

समारोहमा हरिवन ९ का वडाअध्यक्ष कोकिलानन्द उप्रेती, विद्दालयका प्र.अ. मीन प्रसाद खरेल सहायक प्र.अ. एककुमार मैनाली, विद्यालयका संचालक समिती अध्यक्ष झनक उप्रेती लगायत स्थानीयवासीको उपस्थिती रहेको थियो।

उक्त समारोहमा सम्बोधन गर्दै वडा अध्यक्ष कोकिलानन्द उप्रेतीले पौडेलको सहयोगको प्रशंसा गरे। यस्तै विद्यालयका प्रअ मीन प्रसाद खरेलले पौडेलको सहयोगले अहिलेको डिजिटल युगमा विद्दालयको कार्य सम्पादनमा सहयोग पुग्ने बताए।

यस्तै पौडेलले आफू पढेको विद्यालायलाई मात्र नभइ नगरपालिकाभर रहेका कम्प्युटर नभएका विद्यालयलाई नै सहयोग गर्न आफू तयार रहेको तर कुन कुन विद्यालयमा नरहेको आफुलाई थाह नभएको आधिकारिक निकायबाट त्यसको जानकारी उपलब्ध गराइदिन आग्रह गरे ।