भैंसेपाटीमा खुलेको सेकुवा बगान रेष्टुरेन्टले मनाउँदै वर्षगांठ, पारखीहरु भन्छन अन्तको सेकुवा खान बिर्सिसक्यौँ (फोटो फिचर)

 आर्थिक खबर     २७ चैत्र २०७९, सोमबार २०:३५     351 जनाले पढ़िसके



Spread the love

धिरज दाहाल,

काठमाडौं, आउँदै गरेको नयां वर्ष २०८० ले सुस्ताउंदै गएको नेपालको अर्थतन्त्र तंग्रने आशामा नेपालका विभिन्न क्षेत्र संगै रेस्टुरेन्ट व्यवसाय पनि धमाधम विभिन्न अफरका साथ प्रस्तुत हुँदैछन। यस्तै तयारीका साथ आक्रामक रुपमा आफ्नो नयाँ वर्ष स्वागत सहितको व्यापारमा उत्रिन लागेको रेस्टुरेन्ट हो सेकुवा बगान।

यसका संचालक हुन निर्मल आचार्य । ठ्याक्कै एकवर्ष अघि रेस्टुरेन्टको भिडमा एउटा छुट्टै नाम स्थापित गर्न बजारमा आएको यो रेस्टुरेन्ट भैंसेपाटी आवासबाट केही नजिकको दुरिमा रेडियो नेपाल टावरभन्दा केही मिटर अघि मुख्य राजमार्गमा एभरेस्ट बैंकको सामुन्ने छ।

सेकुवा भनेजस्तो नहुने र अहिले बजारमा भएका रेस्टुरेन्टले सेकुवा भन्दै दाउराको भट्टीमा ट्रेमा राखेर सेकुवा बनाउने जुन कोहि पाक्ने कोहि धेरै डढ्ने र रसिलो पनि नभएको, त्यसैलाई उत्कृष्ट सेकुवा भन्दै बेचिरहेको देखेका उनी त्यस बाट सन्तुष्ट हुन सकेनन र मुख्य ध्यान सेकुवालाई दिएर मीठो बनाउने हुटहुटीमा उनी रेस्टुरेन्ट व्यवसाय तिर तानिएको बताउँछन् ।

सेकुवा भनेको त कोइलाको रापमा बिस्तारै पाक्दै नरम र रसिलो हुनुपर्ने उनी बताउँछन। यस्तै आफ्नो रेस्टुरेन्टमा आएर प्रत्यक्ष सेकुवा सेकेको हेर्दै ग्राहकहरुले सेकुवा स्वाद लिन सकुन भनेर उनले देखिने गरि सेकुवा सेक्ने व्यवस्था मिलाएका छन त्यहाँ जो कोहि सेकुवा खानेले मजाले सेकुवा कसरी बन्छ हेर्न सक्छन।

उनले सेकुवालाई नै प्रवर्द्धन गर्ने उद्देश्यले रेस्टुरेन्टको नाम नै सेकुवा बगान राखेको बताए। यहाँ पार्किङ्गको लागि पर्याप्त स्थान पनि रहेछ। बच्चाहरुलाई खेल्न छुट्टै हरियो घाँसको थिम तयार गरेर चौरजस्तो बनाइएको रहेछ।जसले गर्दा बच्चाहरु लडिहाल्दा पनि चोटपटकबाट जोगिने रहेछन। अझै अर्को कुरा त सेकुवाको मिठो स्वाद दिन मासु मोल्ने देखि पोल्ने सम्मको प्रक्रियामा संचालक स्वयंले आफ्नो निगरानीमा तयार गर्ने रहेछन।विशुद्ध पिसाएको मसला प्रयोग गर्ने गरेको उनले बताए।

सेकुवामा यो रेस्टुरेन्टमा चारथरी भेराईटी पाइने रहेछ। उक्त रेष्टुरेन्टमा चिकेन, मटन,पोर्क र बफ सेकुवा बन्ने उनले बताए। सेकुवा खानेहरुसंग यो पंक्तिकारले कुरा गर्दा अहिले पुरै भैंसेपाटीमा यति मीठो खानेकुरा अन्त कुनै रेस्टुरेन्टमा नपाईने बताइरहेका थिए।

यहाँको सेकुवा मात्र नभएर ताजा माछा फ्राई पनि उत्तिकै मीठो भएको अर्का एक पारखीले बताए जो सधैं आएर माछा मात्र खाने गरेको र यति मीठो माछा फ्राई सायदै अन्त पाइने उनले बताए । आफु प्राय हप्तैपिछे आउने उनले बताए।

यहाँको मटन भुटन, टाउको फ्राइ, बोइल अनि जाडोमा बढी चलेको मटन सुप पनि उस्तै मीठो रहेको र चल्ने मेनुमा पर्ने संचालक बताउँछन।

भैंसेपाटी जस्तो भिआइपी एरियामा रहेको रेस्टुरेन्ट जहाँ भाडानै महँगो रहेको ठाउँको रेस्टुरेन्टको मेनु हेर्दा त यो पंक्तिकार छक्क नै पर्यो। जहाँ मदिरा र अन्य खाजा सेट लगायत खानेकुराहरुको मूल्य त आश्चर्य चकित बनाउने रहेको थियो। जहाँ प्रती केजी – ३००० मा मटन बोनलेस सेकुवा, ११०० मा विथबोन चिकेन सेकुवा, १३०० मा बोनलेस चिकेन सेकुवा, १०५० मा पोर्क सेकुवा र १०५० मै बफ सेकुवा उपलब्ध रहेको थियो।

जबकी यो मूल्यमा सिंगै काठमाडौंमा कसैले उपलब्ध गराउन नसक्ने संचालकले ठोकुवा गरे। यस्तै मदिराको मेनु पनि अन्य रेस्टुरेन्टको तुलनामा सामान्य रहेको छ। बस्नको लागि आउटडोरमा चारपाँच टेबल रहेको उक्त रेस्टुरेन्टमा बसेर खान,पिउन, ८ जना सम्मको मिटिङ्ग र डाइनिङ्गको लागि छुट्टै कोठाको पनि व्यवस्था रहेछ।

साथै पारिवारिक जमघट, जन्मदिन, पास्नि, तिज लगायत विभिन्न कार्यक्रमका लागि माथिल्लो तलामा २०/२५ जना अट्ने हल पनि रहेछ। यसै पनि अहिले सम्म १०० जना सम्मको पुर्ण क्षमतामा इंगेजमेन्ट, पास्नि , तिज, जन्मदिन लगायतको कार्यक्रम गरिसकिएको संचालकले बताए। यस्तै ७/८ जना साथीभाई , परिवारले रमाइलो गर्दै बाहिर आउटडोरमा बच्चा रमाएको हेरविचार गर्दै सेकुवाको स्वाद लिन तिनवटा आकर्षक कटेज पनि रहेछ। जहाँ मजाले पैंलेटी कसेर चकटीमा बसेर विभिन्न परिकारको स्वाद लिन निक्कै उपयुक्त र गज्जब रहेछ।

नजिकै विभिन्न हाउजिङ्ग रहेछ र यो रेस्टुरेन्टको स्वाद सबै हाउजिङ जनता आवासदेखि रिलायवल कोलोनी , गोकुल आवास लगायत पुरानो काठमाडौंलाई तोरी र तेल खुवाउने सहर खोकना सम्म फैलिसकेको रहेछ। १/२ किमि भित्रका ग्राहकहरुलाई घरसम्मै निशुल्क डेलिभरी गरेर आफ्नो स्वाद पनि वरिपरि फैलाउँदै रहेछ यो रेस्टुरेन्ट ।
अब आउने चैत्र ३० गते वर्षगाँठ मनाउदै गरेको यस सेकुवा बगानले आफ्नो जन्मदिनसँगै नयाँ वर्षको अवसर पारेर विभिन्न छुटसहितको अफर ल्याएको छ। जसमा खानेकुरामा १०% को छुट पाइनेछ भने अन्य पेय पदार्थमा १५% छुट रहने संचालकले बताए।

यसै त अन्य भन्दा सस्तो मेनु त्यसमाथी छुट झन सस्तो हुने त निश्चित भइहाल्यो। मजा रेस्टुरेन्टको र मूल्य भट्टी पसलभन्दा सस्तो अनुभव यस पंक्तिकारले गर्यो। त्यसैले के छ त विचार मनाउने हैन त सेकुवा बगानमा यसपालीको नयाँ वर्ष ? हजुरहरुको सुविधालाई ध्यान मा राखेर रेस्टुरेन्टले आफ्नो फेसबूक पेजबाट धेरै जानकारी पाउनु हुन्छ भन्दै लिंक पनि उपलब्ध गराएको छ जहाँ सम्पुर्ण जानकारी पाउनुहुनेछ।