सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावरको आईपीओ बिक्री खुला

 आर्थिक खबर     २०७९, ९ माघ सोमबार १४:४९     115 जनाले पढ़िसके



Spread the love

काठमाडौं: सुपर मादी हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको कम्पनीले आजबाट सर्वसाधारणका लागि पनि बिक्री खुला गरेको हो।

कम्पनीले १७ लाख ४३ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो। सर्वसाधारण लगानीकर्ताले यही माघ १२ गतेसम्म शेयरमा आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा माघ २३ गतेसम्म म्याद लम्बिनेछ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आईआर डबल बी’ रेटिङ प्रदान गरको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमता मध्यम जोखिम रहेको सङ्केत गर्दछ।

कम्पनीले कास्कीको मादी गाउँपालिकामा ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यस आयोजनाको अनुमानित लागत आठ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।