काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.२२ अंकले बढेको छ । आज नेप्से परिसूचक १८७३.११ बिन्दुमा पुगेको छ ।
कारोबार रकम भने एक अर्बभन्दा कम छ । आज ९३ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।
तीन लाख कित्ता सेयर किनबेच भएको नेप्सेमा कारोबार भएका कम्पनीमा १५३ वटाको सेयर मूल्य बढेको छ भने ४६ वटाको मूल्य घटेको छ ।
लगानीकर्ताको चासो लघुवित्त कम्पनीमा देखिएको छ । सबैभन्दा बढी सेयर मूल्य आँधिखोला लघुवित्तको बढेको छ । कारोबारको आधारमा नेपाल टेलिकम अगाडि रहेको छ ।