काठमाडौं । बुधबार सेयर बजार परिसूचक सामान्य घटेर बन्द भएको छ । २.६२ अंकले घटेको बजार १८९७.०८ बिन्दुमा रोकिएको छ । दिनभर उतारचढाव भोगेको बजार अन्तिम समयमा भने घटेको थियो । बुधबार २४६ वटा धितोपत्रको १६ हजार ६७७ वटा कारोबारबाट २० लाख ८७ हजार ८७६ कित्ता सेयर किनबेच हुँदा ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसूचक हरियो रहे । अन्य उपसूचक भने राताम्य रहे । बुधबार सीवाईसी नेपाल लुघवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको समेत मूल्य धेरैले बढेको छ ।