सन्दीपलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

 संवाददाता    २०७९, २७ आश्विन बिहीबार ११:३८     117 जनाले पढ़िसके



Spread the love

बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ।

बिहीबार जिल्ला अदालतले अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। यसअघि जिल्ला अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो। सात दिनमा अनुसन्धान पूरा नभएपछि आज म्याद थप गरिएको हो।

गत भदौ ५ गते नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको थियो। उनीविरुद्ध गत भदौ २१ गते काठमाडौं प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो।

त्यसका आधारमा प्रहरीले उनीमाथि जबर्जस्ती करणीमा अनुसन्धान अघि बढाएको हो। प्रहरीले इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेपछि असोज २० गते नेपाल फर्किएका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो।