आज खप्तड लघुवित्तको आइपीओ बाँडफाँट हुँदै

 आर्थिक खबर     २०७९, २० भाद्र सोमबार ०९:००     163 जनाले पढ़िसके



Spread the love

काठमाडौं ।खप्तड लघुवित्तको आइपीओ सोमबार (भदौ २० गते) बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा सोमबार बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

यसको प्री अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ । यता, खप्तडको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । १२ हजार ३४० जनाले मात्र यसको सेयर हात पार्नेछन् । यसमा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए ।