सर्लाही
सर्लाहीको बसवरीया गाउँपालिका वडा नं. ३ भवानीपुरमा ८ सय ६५ जना स्थानियहरुलाई ग्यास चुल्हो सेट वितरण गरिएको छ ।
मधेश प्रदेश सरकार महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय जनकपुरधामको आयोजनामा मधेश प्रदेश सरकार महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहले ग्यास चुल्हो सेट वितरण गरेका छन ।
गुइँठा विस्थापन कार्यक्रम अन्तर्गत विपन्न नागरिकहरुलाई लक्षित गरी ग्यास चुल्हो सेट वितरण गरिएको महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री सिंहले बताएका छन ।

मन्त्री सिंहले महिलाहरुलाई घरायसी चुल्होबाट खाना पकाउन निकै नै समस्या हुने गरेको र खाना पकाउने समयमा धुवा बाट स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको हुदा भवानीपुर वासीहरुलाई गुइँठा विस्थापन कार्यक्रम अन्तर्गत शनिवार ग्यास चुल्हो सेट वितरण गरिएको मन्त्री सिंहले बताए ।

महिला तथा बेरोजगार अन्य व्यक्तिहरुको लागि मैनवती, अगरवती लगायत विभिन्न किसिमको सिप मुलक तालिम ल्याइ निःशुल्क रुपमा सिकाइ दक्ष बनाएर रोजगारी सिर्जना गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
उनले क्रमश अन्य पालिका तथा वडाहरुमा ग्यास चुल्हो सेट वितरण गर्ने बताए ।