भक्तपुरमा नक्कली विदेशी रक्सी बनाउने कारखानामा प्रहरीको छापा, ५ जना पक्राउ

 #अपराध     २०७९, ९ भाद्र बिहीबार ११:२५     125 जनाले पढ़िसके



Spread the love

आयातित विदेशी मदिरा जोनी वाकर को डबल ब्ल्याक, ब्ल्याक लेबल र रेड लेबल (नक्कली) उत्पादन गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । भक्तपुरको दुवाकोटमा संचालित कारखानामा छापा मारेर उल्लेख्य परिमाणमा नक्कली मदिरा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । दोलखाको भीमेश्वर घर भएका भगवान बस्नेतसहित दुई जनाले चलाएको कारखानाबाट प्रहरीले ठुलो परिमाणमा ब्ल्याक, डबल ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनियल्स र नेपाली भोड्का समेत बरामद गरेको बताएको छ । प्रहरीले ५ जना पक्राउ गरेको छ।पक्राउ पर्नेमा मुख्य संचालक भगवान बस्नेत र दोलखाको कालिञ्चोक घर भएका हरि वली छन् । वली विक्रेता हुन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित घनश्याम मैनालीको घर भाडामा लिएर अरोपीहरुले नक्कली मदिरा तयार गर्ने गरेका थिए । ओल्ड दरबार नामको मदिरासँग पानी र रासायनिक तत्व मिसाएर ब्ल्याक लेबल र डबल ब्ल्याक लेबल बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फोटो : सांकेतिक