बन्चरेडाँडामा फोहोर व्यवस्थापन सहज हुँदै, स्थानीयले अवरोध नगर्ने

 संवाददाता    २०७९, ३ भाद्र शुक्रबार ११:२३     158 जनाले पढ़िसके



Spread the love

काठमाडौं उपत्यकाको फोहोर आजबाट नियमित रुपमा ल्यान्डफिल साइट बञ्चरेडाँडामा विसर्जन हुन थालेको छ। शुक्रबार बिहान फोहोर बोकेर गएका गाडीमा कुनै अवरोध नभएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। काठमाडौं महानगर, स्थानीय बासिन्दासहित सरोकारवाला निकायबीच भएको सहमतिपछि नियमित रुपमा फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुग्न थालेका हुन्।काठमाडौंका मेयर बालेन्द्र शाहका अनुसार सहमतिपछि बिहीबार २ सय ८४ वटा गाडी बञ्चरेडाँडा पुगेका थिए। यो सँगै महिनौंदेखि काठमाडौंमा थुप्रिएर बसेका फोहोरका थुप्राहरू अब विस्तारै हट्न थालेका छन्।

एक सातायता बञ्चरेडाँडा क्षेत्रमा सत्तारुढ दलकै कार्यकर्ता फोहोर ओसार्न अवरोध गर्दै सडकमा उत्रिएका थिए।

तर काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरु सहित र महानगरपालिका समेतले स्थानीय दलका नेता कार्यकर्ता र सरोकारवालासँग वार्ता गरेपछि तत्काललाई समस्या टरेको हो।