काठमाडौं : केन्द्रीय बैंकले २५ लाखसम्मको सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशतमात्र कायम हुने गरी एकीकृत निर्देशन जारी गरेको छ । यससँगै अब बैंक तथा वित्तीय संस्थाहरुले २५ लाखसम्मको सेयर धितो कर्जा प्रवाह गर्दा जोखिमभार १००% कायम गरे हुनेछ ।
यसबाट सेयर धितो कर्जाको ब्याजदर सस्तोमा उपलब्ध गराउन सहज हुनेछ । यसैगरी, बन्ड धितो राखेर लिइने कर्जामा पनि जोखिमभार १०० प्रतिशतमात्र कायम गरिएको छ । यता, २५ लाखभन्दा माथिको सेयर धितो कर्जामा भने जोखिमभार १५० प्रतिशत कायम गरिएको छ । 