श्वेत-गंगा हाइड्रोको आईपीओ बाँडफाँड हेर्नुहोस रिजल्ट

 आर्थिक खबर     २०७९, १८ श्रावण बुधबार १०:०६     148 जनाले पढ़िसके



Spread the love

श्वेत-गंगा हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ४ गतेदेखि साउन ८ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (साउन १८ गते, बुधबार) सम्पन्न भएकाे छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल, काठमाडाैँमा अहिले बिहान ९ः३० बजे सम्पन्न भएकाे हाे ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी २ लाख ७० हजार २ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी भाग्यमानी ५ जनाले ११ कित्ता सेयर पाउनेछन्।

अन्तिम दिन सम्ममा १६ लाख ३ हजार ७ सय ७२ जना लगानीकर्ताहरूले १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रूपैयाँ बराबरको १ करोड ८२ लाख ३९ हजार २ सय ७० कित्ताका लागि आवेदन परेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ७० हजार २५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कसरी हेर्ने रिजल्ट ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेडकाे वेभसाइट, श्वेत-गंगा हाइड्रोपावर कम्पनी लिमिटेडकाे वेभसाइट र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।